Sunday, September 8, 2024

ट्रेन्डिङ :

सरकार र विप्लवको बीचमा दोस्रो चरणको वार्ता सम्पन्न, सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

झापा : फागुन १९ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बीच दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विद्रोही नेकपाका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो । सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न भएको बताए । उनले भने, नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?