Sunday, September 8, 2024

ट्रेन्डिङ :

माधव नेपाल नभएको भए प्रचण्ड जोगी भइसक्थे : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्ड कमरेडले हामीसँग सहकार्य गरेका एकजना कमरेडलाई बोलाएर फलानाजी २० वर्ष प्रचण्डलाई कसैलाई हल्लाउन सक्दैन जोरी नखोजे हुन्छ भनेर पठाएको तर हामीले छाडेको २० महिनै प्रचण्ड धुलोपिठो भएको बताए । विगतमा प्रचण्डको एक अपिलमा धेरै सहिद हुन तयार हुने गरेको स्मरण गर्दै महासचिव विप्लवले केही दिनअघि माधव नेपाल नभएको भए जोगी भइसक्थेँ भन्ने अवस्थामा पुगेको बताए । उनले प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको आरोप पनि लगाए । प्रचण्ड र केपी ओलीको गठबन्धनलाई जनताले बहुमत दिए पनि भागबन्डामै लडाइँ केन्द्रित हुँदा एक वर्षमै विवाद सुरु भएको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?