Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

सिंगटी हाइड्रो इनर्जीले जारी गर्यो सर्वसाधारणलाई सेयर

spot_img
spot_img
spot_img

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनीले प्रभावितलाई सेयर जारीपछि आजबाट सेयर जारी गरेको हो। कम्पनीले चैत १० गतेसम्म सेयरका लागि दर्खास्त खुला गरेको जनाएको छ। १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ९७ हजार कित्ता सेयर जारी गरेको हो । सेयरका लागि कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले कुल २९ लाख कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये ५८ हजार कित्ता कर्मचारी र एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई दिने छ।

कम्पनीले गत माघमा आयोजना प्रभावितलाई सेयर जारी गरेको थियो। उनीहरुका लागि १४ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो। कम्पनीले २५ मेगावाटको परियोजना विकास गरिरहेको छ भने यसको प्रति मेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ। उनले अहिले अन्य परियोजनाको पनि प्रवर्द्धन गरिरहेका छन्। आयोजनामा कार्यकारी सञ्चालक गणेश कार्की छन्। डोल्मा लमिनी, नरेन्द्र बल्लभ पन्त, देवेस प्रसाइँ, सुदीपराज प्रसाइ र रजनी थापा सञ्चालक छन्।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?