Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो

spot_img
spot_img

काठमाडौं : नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो । शुक्रबार जारी भएको उक्त प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । त्यस्तैगरी दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड रहेको छ । फिनल्याण्ड यो सँगै चौँथो पटक लगातार खुशी राष्ट्रको पहिलो नम्बरमा परेको हो । यस अघिपनि ३ पटक लगातार ऊ तेस्रो पटक खुशी राष्ट्रको पहिलो स्थानमा परेको थियो । यता दक्षिण एशियामा भने सबैभन्दा कम खुशी हुने मुलुक अफगानस्थान परेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधारमा प्रतिवेदन निकालिएको हो । यो प्रतिवेदन झण्डै एक दशक अघिदेखि निकालिदै आएको छ ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?