Sunday, September 8, 2024

ट्रेन्डिङ :

दुई किशोरीलाई अपहरण गरी बलात्कार गर्ने दुईजना पक्राउ

बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् । जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ वर्षका युवक पक्राउ परेका हुन् । १ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्रै प्रहरीमा आफन्तको निवेदन परेको र लगत्तै खोजलतास गर्दा रुकुमकोटबाट उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए ।

दुईजना किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ । चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले बताए । पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र छिटै आफन्तको जिम्मा लगाउने डीएसपी श्रेष्ठले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?