Sunday, September 8, 2024

ट्रेन्डिङ :

भागरथी भट्टको हत्याका अभियुक्तको डिएनए र भेजाइनल स्वाब मिल्यो

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भन्दै पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएका अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भागरथीको शरीरबाट लिइएको भेजाइनल स्वाब र अभियुक्तको डिएनए म्याचिङ भएको छ ।

घटनालगत्तै प्रहरीले भागरथीको भेजाइनल स्वाबको नमुना संकलन गरी काठमाडौंस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । फागुन ६ गते घटनामा संलग्न भन्दै पक्राउ गरिएका स्थानीय १७ वर्षीय किशोरको डिएनए स्याम्पल पनि प्रहरीले काठमाडौं पठाएको थियो । भागरथीको भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले बताएको हो । केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, सामाखुसीले पठाएको सिलबन्दी रिपोर्ट जिल्ला अदालत बैतडीमा खोलिएको र रिपोर्टमा डिएनए म्याचिङ भएको जनाइएको प्रवक्ता सिंहले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?