Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

तीन बुँदे सहमतिपछि पनि विप्लव नेकपाका नेता पक्राउ परे

spot_img
spot_img
spot_img

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले उनलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, अदालतले समूहका नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्ने क्रम रोकिएको छैन । सरकारसँग सहमति भएपछि सम्भवतः पहिलो पटक विप्लव नेकपाका नेता समातिएका हुन् । समूहका सबै नेता, कार्यकर्तालाई छाड्ने भनिएपनि त्यसले गति लिन सकेको छैन । केही दिनअघि महासचिव चन्दले पनि नेता, कार्यकर्ताको रिहाइमा विलम्ब भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए । ताप्लेजुङका डीएसपी श्रेष्ठले भने राजनीतिक आस्थाको रुपमा नभइ अपराधमा संलग्न भएकाले पक्राउ गरिएको बताए । उनले भने, ‘उहाँविरुद्ध विष्फोटन सम्बन्धी कसूरमा पहिल्यै अदालतले पक्राउ पूर्जी पनि जारी गरिसकेको थियो ।’

 

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?