Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

अर्घाखाँचीमा नेपाल समूहको ७० सदस्यीय समानान्तर जिल्ला कमिटी

spot_img
spot_img
spot_img

अर्घाखाँची : नेकपा एमालेको माधव नेपाल समूहले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन भएको हो । शनिबार बसेको सो समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरिएको छ । बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधान सभा सदस्य डा।दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाललगायतले बोल्दै एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए । अर्घाखाँचीमा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष छन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?