Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

अस्पतालको लापरबाहीले ४४ वर्षीया महिलाको मृत्यु

spot_img
spot_img
spot_img

रुपन्देही : रुपन्देही जिल्लाको बुटवलमा रहेको तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिमा उपचाररत ४४ वर्षीया पार्वती घिमिरे बरालको मंगलबार राति लापरबाहीले एक बिरामीको ज्यान गएको छ । नर्ससमेत रहेकी मृतककी छोरी सुस्मिताले पटक पटक चिकित्सकसँग परामर्श गर्न खोजे पनि चिकित्सकले वास्ता नगरेका कारण आमालाई गुमाउन पुगेको बताएकी छिन् । छोरीसहितका कुरुवाले मंगलबार राति ११ बजे रक्तचाप कम भएपछि चिकित्सकलाई खबर गरेका थिए । तर चिकित्सक नआएको उनीहरुको आरोप छ ।

राति ११ः४० बजे दोस्रो पटक बोलाउँदा ११ः४३ मामात्र नाइट सिफ्टका फिजिसियन डाक्टर रुद्र भण्डारी आएका थिए । पीडित परिवारका अनुसार त्यसपछि बिरामीलाई हतार हतारमा अक्सिजन सहितको आईसीयूमा लगियो । एकछिनपछि चिकित्सकले बिरामीका श्रीमान् सूर्यप्रसाद बराललाई ‘सरी हामीले बचाउन सकेनौ’ भन्ने जवाफ दिएका थिए । गत फागुन १६ गते मोटरसाइकल दुर्घटनामा परेकी सैनामैना ११ सालझण्डीकी बरालको त्यतिबेला टाउकोमा चोट लागेको र दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको थियो ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?