Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने सामाजिक विकास मन्त्री उषाकला राईको घोषणा

spot_img
spot_img

नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने योजना रहेको प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छिन्। गत चैत १३ गते मन्त्रालयको पदभार ग्रहण गरेकी मन्त्री राईले बुधवार पत्रकार सम्मेलन गरी उक्त योजना सुनाएकी हुन्।

उनले आफ्ना प्राथमिकताका कार्यक्रमहरुका बारेमा प्रष्ट्याउने क्रममा प्राथमिकताका क्षेत्रहरुमध्ये एक नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने बताएकी हुन्। जसका लागि कानुनी र व्यवहारिक पक्षको अध्ययन गरी योजना अघि बढाइने उनले बताइन्।

आफ्ना बालबच्चाको पालनपोषण र शिक्षाका लागि स्थानीय उत्पादन गरेर आम्दानीको बाटो बनाएको कोदोको रक्सीलाई प्रतिबन्ध गर्न नहुने उनको भनाइ छ। त्यस्तै, शरीर ढाक्ने एकसरो कपडा लगाउनका लागि गरेको परिश्रमको मुल्याकंन नगरि विदेशी रक्सी होटलमा खुला रुपमा बेचविखन गरिरहेको अवस्था रहेको उनको बुझाई छ।

‘एउटा नाङ्गो शरीरमा चोली लगाउँ, बालबच्चाको आङ ढाकिदिउँ, उनीहरुका लागि कापीकलम किनिदिउँ, भनेर दुई चार पाथी घ्याम्पामा पकाएको जाँड रक्सीलाई लात्ताले हान्न पुलिस हामीले पठाउँछौं’, उनले भनिन्, ‘तर, विदेशी रक्सी फाइभस्टार होटलमा एउटा बोतलको पचासौं हजारमा चियर्स गरिरहेका छौं।’

त्यसो त प्राकृतिक स्रोत साधनको प्रयोग गरेर युवाका लागि स्वदेशमै रोजगार सृजना गर्ने उद्देश्य रहेको उनले बताइन्।

सरकारले बजेट बिनियोजन गरेका क्षेत्रहरुमा वैज्ञानिक किसिमका विचार र कार्यक्रम नभएकाले उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ छ। त्यसैले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको उनले बताइन्।

‘लोकल उत्पादनको प्रयोगका लागि आजसम्म कुन कानुनले छेक्यो? जुन कानुनले छेक्यो त्यसलाई बदलेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

नेपाली कोदोको रक्सी ब्राण्डिङ गर्नेसँगै स्वास्थ्य, शिक्षा लगायतका आफ्ना प्राथमिकताका क्षेत्रहरुबारे मन्त्री राईले प्रष्ट्याएकी छिन्।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?