Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

अल्पमतमा परेको कर्णाली सरकाले विश्वासको मत नमाग्ने

spot_img
spot_img
spot_img

सुर्खेत । कर्णालीमा अल्पमतमा परेको भनिएको प्रदेश सरकारले तत्काल विश्वासको मत नमाग्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको वैठकले सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निस्कर्ष निकालेको हो । नेकपा एमालेको नाममा १० जना सांसदले चैत ४ गते प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी हामीले पाएका थियौं, तर अहिलेसम्म एमालेका तीन जना सांसदहरु मन्त्रीको रुपमा कार्यरत रहनुहुन्छ,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘त्यसैले अहिलेसम्म हामी बहुमतमै छौं र विश्वासको मत लिइ हाल्नुपर्ने वाध्यता छैन भन्ने हाम्रो निष्कर्ष हो ।’ भोली चैत २२ गते एमालेको वैठक बस्ने जानकारी आएको भन्दै उनले उक्त वैठकको निर्णयलाई हेरेर आवश्यक कदम चाल्ने बताइन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?