Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

९ महिनामै डिम्याट खाता खोल्नेको संख्या दोब्बर

spot_img
spot_img

हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या ३२ लाख ७२ हजार पुगेको  छ।

यद्यपि कतिपयले दुई खाता खोलेका हुन्छन्।  यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइने छैन। दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान छ।

असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या १६ लाख ८६ हजार १०२ थियो। ९ महिनामै डिम्याट खाता खोल्नेको संख्या दोब्बर हुनुले  सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको पुष्टि गर्दछ।

सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने गरेको सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले बताए।

‘बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्, हाल नयाँ बीमा कम्पनीसहित धेरैको आइपिओ पनि आइरहेको छ, यसले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो’ उनले सेतोपाटीसँग भने। कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन्।

डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। कतिपयले अहिले पनि सेयर प्रमाणपत्र नै घरमा राखिरहेका छन्।

के हो डिम्याट खाता ?

अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो। नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ।

विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो।अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे।

२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ। जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफै जम्मा हुन्छ।

प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ। त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?