Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

महाकालीमा भारतले बनाएको सुरक्षा पर्खालबारे दुबैदेशका नापी विभागले स्थलगत अध्ययन गर्ने

spot_img
spot_img

नेपाल-भारत सीमाको महाकाली नदीमा भारतले बनाउँदै गरेको सुरक्षा पर्खालबारे दुबै देशका नापी विभागले स्थलगत अध्ययन गर्ने भएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतले बनाउँदै गरेको सुरक्षा पर्खालले सीमा मिचे/ नमिचेबारे दुबै देशको नापी टोलीले स्थलगत अध्ययन गर्न लागेको जानकारी दिएका हुन्।

आगामी सोमबार अर्थात अप्रिल १२ मा दुबै देशका प्राविधिक टोलीले  स्थलगत अध्ययन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए।

नेपाल-भारत सीमामा भारतले एक पक्षीय रूपमा पर्खाल बनाएको विषयको विषयमा सोमबारको संसद बैठकमा प्रश्न उठेपछि त्यसको जवाफ दिँदै  मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

पर्खाल बनाउँदा त्यसले दुई देशको सीमालाई मिचेको छ भन्ने प्रश्नहरू उठेपछि गत पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रतिनिधिले सीमामा गएको पर्खालबारे अध्ययन गरेको थियो।

उक्त टोलीले दिएको सुझावका आधारमा दुबै पक्षीय समन्वयमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने निष्कर्ष निकालेको थियो। त्यसै सुझाव अनुरूप सरकारले भारतसँग पत्राचार गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

‘स्थलगत अध्ययन गरी एक्युरेट किसिमले दुबै पक्षीय समन्वयमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने भन्ने दिइएको सुझाव अनुरूप हामीले भारतसँग गम्भीरता पूर्वक कुरा गर्‍यौं’, मन्त्री ज्ञवालीले भने, ‘विभिन्न पत्राचारपछि यही १२ अप्रिल अर्थात ठिक एक सातापछि नेपाल र भारत दुबै देशका नापी टोलीहरूले स्थलमा पुगेर स्थलगत अध्ययन गर्ने र त्यँहा पर्खाल ठिक ढंगले बनेको छ कि छैन अन्तराष्ट्रिय सीमाको त्यसले सहि ढंगले सम्मान गरेको छ कि छैन भन्ने अध्ययन गरिनेछ।

मन्त्री ज्ञवालीले  यसबारेमा तथ्य प्रमाणहरू अगाडि सार्ने र पहिलेदेखिनै आफूहरूले भन्दै आएको आफ्नो अन्तर्राष्ट्रिय सीमा सुरक्षा तदकरूकताका साथ बनाउने स्पष्ट पारे।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?