Sunday, September 8, 2024

ट्रेन्डिङ :

त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५-१ को पराकिलो अन्तरले हरायो

काठमाडौं । श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन टिमलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले एक–एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली दर्शकको साथ पाएको आर्मीले शुरुवातदेखि नै आक्रामक खेल खेलेपनि पहिलो गोल श्रीलंका पुलिसले गरेको थियो ।

लगातार विपक्षीको पोष्टमा धावा बोलेको आर्मीका सन्तोष तामाङको प्रहार १०औं मिनेटमा श्रीलंका पुलिसका गोलकिपर दिनेश मेहेन्द्रानले मुस्किलले बचाए । त्यसको दुई मिनेटपछि नै आर्मीका कप्तान भरत खवासको प्रहार गोलकिपर बिट भइसकेको अवस्थामा डिफेण्डरले गोललाइनबाट बचाए भने टंक बस्नेतको कर्नरमा भरत खवासकै हेडर गोलकिपर दिनेशले पन्च गर्दै बाहिर फाले । जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले भारतको बेंगलुरु एफसीसँग अप्रिल १४ मा खेल्नेछ । सन् २०१३ मा स्थापना भएको बेंगलुरुको कप्तान सुनिल क्षेत्री छन् र यो क्लबले २ पटक आई लिग र एक पटक इन्डियन सुपर लिगको उपाधि जितेको छ । सन् २०१४ देखि नै लगातार एएफसी कप खेल्दै आएको बेंगलुरु २०१६ मा एएफसी कपको फाइनलमा पुगेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?