प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको काम उल्लेखनीय रुपमा गरेको भन्दै केहीले विकास नदेखेको भन्दै प्रचार गरेको बतए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकास लखनउको एक्काकोघोडाले समेत देखेको बताए । उनले निजी क्षेत्रका समस्या समाधानमा सबै मिलेर गर्नुपर्ने बताए ।
‘समस्या छन् भने सरकारलाई समाधान गरिदेउ भन्ने होइन मिलेर समाधान गर्ने हो । कानूनमा संशोधन आवश्यक भएमा गर्ने हो,’ उनले भने । सरकारले के गर्नुपर्ने हो त्यो त्यो विषय ‘पिन प्वाइन्ट’ गरेर दिनुपर्ने उनको भनाइ छ । उनले कुनै पनि समस्या हटाउन के गर्नुपर्ने हो सुझाव दिएमा उक्त समस्या समाधान गर्न आफू जहिले पनि तयार रहेको बताए ।
उनले सरकार सबैको साझा भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले संविधान जारी भएपछि देखिएका परिदृश्य परिवर्तन भएपनि राजनीति परिपक्क नहुँदासम्म समस्या समाधान नहुने बताए ।
उनले महासंघले लिएको सम्मानित निजी क्षेत्र र समुन्नत नेपालको नारामा निजी क्षेत्रको पीडा झल्केको बताउँदै देशको अर्थतन्त्रका लागिकाम गर्नेलाई सम्मान गर्नुपर्ने बताए ।
‘तपाईंसँग देशले सम्मानजनक व्यवहार अपेक्षा गरेको छ, तपाईंहरुले पनि सम्मान पाउनुपर्छ,’ उनले भने । उनले व्यवसायमा सुशासन भयो भने सम्मान आफै आउने समेत बताए । उनले ३ वर्षमा सरकारले पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दावी गरे । उनले हरेक निर्वाचन क्षेत्रमा १६५ वटा रणनीतिक सडककोउद्घाटन गरेको र ३ वर्षभित्रमा सबै सडक पूरा हुने समेत दावी गरे ।
ओलीले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको बाटो चौडा पार्ने काम भइरहेको बता ओलीले कोरोना महामारीका समयमा जीवन पहिलेको नीति अनुरुप सही निर्णय लिएको बताए ।
उनले उद्योग २ महिना बन्द हुँदा केहीफरक नपर्ने बरु जीवन रक्षा पहिलो प्राथमिकता भएकोले सरकारले उक्त नीति लिएको बताए । उनले अनुभवहिनताको अवस्थामा पनिसरकारले सही निर्णय लिएको हो ।
उनले समयमै सावधानी नअपनाए फेरि लकडाउन हुन सक्ने बताए ।उनले अहिले भइरहेको संक्रमणको दर बढ्न थालेको भन्दै उच्चसतर्कता अपनाउन आग्रह समेत गरे ।
महासंघले तयार पारेको भिजन पेपरले लिएका लक्ष्य र दिगो विकासलो लिएका लक्ष्य पूरा गर्ने एउटै समय भएको बताउँदै तीव्र विकास हुनैपर्ने बताए ।
‘तपाईंले तयार पारेको भिजन पेपरमा दिगो विकासले लिएका लक्ष्य र उद्देश्यकै पाटो भएकाले यो महासंघको मात्रै नभएर साझा संकल्प हो,’ उनले भने ।
उनले केही मानिसहरुले विकास गरेको नदेखेकोमा व्यंग गर्दै नेपालको विकास लखनउको एक्काको घोडाले पनि देख्ने बताए ।
उनले व्यवसायीलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरु व्यवसायमा लाग्नुस राजनीतिमा सकुनीका गोटी आफूले फ्याँक्ने बताए ।
पाण्डवलाई १२ वर्ष, रामलाई १४ वर्ष वनवास पठाएर पनि फर्केर आए, राजनीतिमा केही भइहाल्यो भने पनि आफूहरु फेरि जनताबाट चुनिएर सरकारमा आफू नै आउने बताए । उनले विदेशी लगानी सामान्य पसल चलाउन आवश्यक भएको बताए । उनले ५ लाख डलर अर्थात् ५ करोड रुपैयाँ पनि लगानी नगर्ने विदेशी लगानीकर्ता नचाहिने बताए