Sunday, September 8, 2024

ट्रेन्डिङ :

बालुवाटारमा गुप्तचरहरुको मन्त्रणापछि नयाँ नक्सा गायब पारियो : रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले बालुवाटारमा विदेशी गुप्तचरका व्यक्तिहरूको मन्त्रणापछि चुच्चे नक्सा गायब भएको बताएका छन् । शुक्रबार चुच्चे नक्सा बिनै निजामति, जंगी, प्रहरी, न्याय, संसद, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको थियो । तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउदै रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त जबाफ दिनुपर्ने समेत माग गरेका छन् । ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ रावले सामाजिक सञ्जालमा लेखेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतानमा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, र इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफरिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्तिपरिषदबाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?