Tuesday, March 11, 2025

ट्रेन्डिङ :

८ महिनादेखि त्रिपालले छोपिएको रेल संचालनमा आउँदै, संचालनको जिम्मा भारतीय कम्पनीलाई

spot_img
spot_img

८ महिनादेखि त्रिपालले छोपेर राखिएको रेल संचालनका लागि वार्षिक ३५ करोड रुपैयाँ दिएर भारतीय कम्पनीलाई जिम्मा दिइएको छ।

रेल संचालनका लागि भारतीय कोंकर्ण रेलवे कर्पोरेशनसँग वार्षिक ३५ करोड २० लाख रुपैयाँ (२२ करोड भारु) तिर्ने सम्झौंता भइसकेको छ। नेपालले यही कम्पनीसँग एक अर्ब रुपैयाँमा रेलको डिब्बा किनेको थियो। सम्झौता अनुसार रेल चलाउने प्राविधिक समेत भारतबाटै आउनेछन्। भौतिक तथा पूर्वाधार मन्त्रालय स्रोतका अनुसार इक्विपमेन्ट, सिग्नलिङ सिस्टम,एक वर्षको मर्मत खर्च, लगायतको प्याकेज यो सम्झौतामा समेटिएको छ। यो सम्झौतासँगै वेशाखभित्रै रेल संचालनमा आउनेछ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले वैशाखभित्रै रेल संचालनमा आउने जानकारी दिए। कर्मचारीको व्यवस्थापनको काम पनि लगभग सकिएको उनको दाबी छ। नेपालमै करिब १ सय कर्मचारीको व्यवस्थापन भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही तथा पुराना कर्मचारी भाडामा लिइएको छ।

नेपालमै भर्ना गरिएको कर्मचारीहरु साइटमा गइसकेका छन्। उनका अनुसार एक/दुइ दिन भित्रै तालिम सुरु हुनेछ। मुख्य प्राविधिक भारतबाट आउन लागेका छन्।

भारतीय कोंकर्ण रेलवे कर्पोरेशनसँग २६ जना प्राविधिक ल्याउन सम्झौता भइसकेको छ। उनीहरु मंगलबार जनकपुर आइपुग्नेछन्। जसमा स्टेरिङ मास्टर, पावर कन्ट्रोलर लगायत हुनेछन्। अधिकांश रिटार्यड र केही भने काम गरिरहेका कर्मचारी पनि छन्।

रेल संचालनका लागि पूर्वाधार,ट्रेन सेट,कर्मचारी, स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर लगायतको तयारी चाहिन्छ। पूर्वाधार लगभग तयार अवस्थामा छ। भारतीय पक्षले नै रेलमार्गको मर्मत गरेर तयार पारिदिएका छन्। कम्पनीले करिब १० महिना पहिले नै नेपालको अर्डर अनुसारको डिइएमयु ट्रेन सेट तयार पारिदिएको थियो। स्ट्याण्डर्ड अपरेटिङ सिस्टम भारतीय पक्षले नै तयार पारेर दिएका छन्

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?