Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

उच्च ज्वरो र श्वासप्रश्वासको समस्याले होस्टलमै विद्यार्थीको मृत्यु

spot_img
spot_img

बुटवल : तिलोत्तम नगरपालिकाको नयाँमिलनस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा त्रास छाएको छ । कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावको आरोप छ ।

छात्रा विरामी भएको भन्दै शनिबार बिहान खबर पाएपछि आफन्तले नजिकैको क्रिमसन अस्पताल लगेका थिए । अस्पताल पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरे । विद्यालय होस्टलमा करिब ८० विद्यार्थी बस्छन् । अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ । घटनापछि धेरै अभिभावकले छोराछोरी घरमै लगेका छन् । स्थानीय प्रशासनले विद्यालय बन्द्य गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा सञ्चालन गरिरहेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?