Sunday, September 8, 2024

ट्रेन्डिङ :

पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट थप १८ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?