Sunday, September 8, 2024

ट्रेन्डिङ :

विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण, एक जनाको भेन्टिलेटरमा उपचार हुँदै

काभ्रे । काभ्रे जिल्लाको खोपासीमा भएको विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । कोरोना पुष्टि भएका सबै वैशाख ११ गतेको विवाहमा सहभागी भएका थिए । संक्रमित मध्ये विवाह घरकै एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अरु सबै होम आइसोलेशनमा रहेका छन् । संक्रमित हुनेहरूमा १७ वर्षदेखि ८४ वर्ष उमेर समुहसम्मका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?