Wednesday, January 15, 2025

ट्रेन्डिङ :

भारतमा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

spot_img
spot_img
spot_img

काठमाडौं : भारतको असम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार असमको तेजुपर जिल्लाको सोनितपुरलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भारतीय सञ्चारमाध्यमहरुले भूकम्पका कारण चिरा परेका सडकका तस्बिर र भिडियोहरु प्रकाशित गरेका छन् । त्यस्तै भूकम्पले केही घरहरु पनि भत्किएको बताइएको छ । भूकम्पमा भौतिक संरचनाहरुमा क्षति पुगे पनि मानवीय क्षतिबारे अहिलेसम्म केही जानकारी आएको छैन । भूकम्पको धक्का असमका साथै अन्य पूर्वोत्तर भारतीय राज्यहरुमा पनि महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालसँग कुरा गरेको बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?