Sunday, September 8, 2024

ट्रेन्डिङ :

निषेधाज्ञा लागू भएपछि सुनसान बन्यो काठमाडौं, धार्केदेखि नागढुंगासम्म सडक जाम

काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । निषेधाज्ञासँगै भित्री सडकहरुमा गाडीहरु कम चलेका छन् । तर काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा भने विहानको समयमा गाडीहरुको चाप छ । ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एवम् एसपी श्यामकृष्ण अधिकारीले जाम भएका कारण रातभर सडकमा बसेकाहरुलाई उपत्यका प्रवेश गर्न दिइएको बताए । ट्राफिक प्रहरीका अनुसार धादिङको धार्के नजिक एउटा गाडी बिग्रिएकाले सडक जाम भएको थियो । जामका कारण गाडीहरु पास हुन पाएनन् । त्यही भएर विहान आठ बजेसम्म पनि गाडीहरुलाई काठमाडौं आउन दिइएको छ । यद्यपि काठमाडौं प्रवेश गर्ने धेरैजसो मालवाहक गाडीहरु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने समाचार सार्वजनिक भएलगत्तै काठमाडौं उपत्यका छाड्ने लहर सुरु भएको थियो । यो क्रम आज विहान सात बजेसम्म जारी रह्यो । कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?