Friday, September 20, 2024

ट्रेन्डिङ :

कैलालीमा ४५ मिनेटमै ३ जना कोरोना संक्रमितको मृत्यु

कैलाली- कैलालीमा पछिल्लो ४५ मिनेटको अवधिमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत २ पुरुष र होम आइसोलेसनमा बसेकी एक महिलाको भएको हो । उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो । ११: ४५ मा घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

बुधवार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमित को आइसियुमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो । आज बिहान पनि धनगढी उपमहानगरपालिका -३ कि ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । दोस्रो लहर पछि सेतीमा उपचाररत ११ संक्रमितको मृत्यु भएको छ । हाल सम्म ४३ संक्रमितको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

विहान ११ बजे कैलालीका गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?