Thursday, September 19, 2024

ट्रेन्डिङ :

कांग्रेसले कोरोनाका विरुद्ध देशव्यापी सचेतना अभियान चलाउने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका विषयमा जनचेतना जगाउन देशव्यापीरुपमा कार्यकर्ता परिचालन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनका कारण आर्थिक तथा सामाजिक समस्या भोगिरहेकाहरुलाई समेत पार्टीले सहयोग गर्ने बताए ।

आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले कोरोनाका विषयमा पार्टीको चार बुँदे प्रतिवद्धता र सरकारसँग ११ बुुँदे माग राखेका थिए । कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सामग्रीहरुको आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको माग छ ।

देशका सबै जिल्लाहरुमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परिक्षणलाई व्यापक बनाउनुपर्ने, सिमा नाकाहरुमा अनिवार्य पिसीआर परिक्षणको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीहरुलाई बिमान र जोखिम भत्ता तत्काल कार्यान्वयन गर्न पनि देउवाले माग राखेका छन् ।

सरकारले दुई दिन समय दिएर काठमाडौंबाट मानिसहरुलाई गाउँ जाने मौका दिएकोमा देउवाले आलोचना गरेका छन् । यसबाट कोरोना झ्न देशब्यापी बन्ने उनको चिन्ता छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?