Sunday, September 8, 2024

ट्रेन्डिङ :

एमसीसी पास भए पनि म अमेरिकी सेना नेपाल आउन दिन्न : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन पास भए नेपालमा अमेरिकी सेना नआउने बताएका छन् । एमसीसी पारित भएन भने मलाई गाह्रो हुन्छ भन्नुभएको छ रे भन्ने बाहिर सुनिन्छ नि भन्ने पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले भने, मैले कहाँ भने त्यस्तो कहाँ भने त्यस्तो कुरा बाहिर आएको छैन । एमसीसी पारित गर्ने सन्दर्भमा कुनै छलफल नभएको र एमसीसी नेपालमा आउँदैमा पूरै सेनाले देश कब्जा गरिहाल्ने अवस्था पनि नरहेको सभापति देउवाले बताए ।

लामो समयदेखि एमसीसीको पक्षमा उभिदै आएका देउवाले आफ्नै निवास निलकण्ठमा पत्रकारहरुसँगको कुराकानीमा एमसिसीबारे बाहिर अनावश्यक भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखे । उनले भने, ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ? अमेरिकी सेना आउन दिउँला त ? म आफैँले यस्ता झुठा प्रचार गर्ने देउवाले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?