Friday, September 20, 2024

ट्रेन्डिङ :

सरकारी कार्यालयहरू अब एक तिहाइ कर्मचारीबाट मात्रै सञ्चालन गरिने

काठमाडौँ- उच्चस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को शुक्रवार बसेको बैठकले निषेधाज्ञालाई थप कडा गर्दै मन्त्रालय, विभाग र कार्यालयले चलाउने सवारीमा नियन्त्रण गर्ने निर्णय गरेको हो । सरकारी कार्यालयले चलाउने सवारी साधनको कोटा पनि तोकिएको छ ।

सीसीएमसीको शुक्रवार बसेको बैठक अनुसार मन्त्रालयले १०, विभागले ५ र अन्य कार्यालयले सचिव र सहसचिवबाहेक ३ वटा मात्रै सवारी चलाउन पाउनेछन् । सरकारी कार्यालयहरू नै अब एक तिहाइ कर्मचारीबाट सञ्चालन गरिने भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?