Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

विद्युत प्राधिकरणका कर्मचारीलाई कुटपिट गर्ने २ जना पक्राउ

spot_img
spot_img

काठमाडौं : नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–८ पटपरमा विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका कर्मचारी चुहावट नियन्त्रणका लागि जाँदा कर्मचारीमाथि शुक्रवार स्थानीयले आक्रमण गरी कुटपिट गरेका थिए ।

पटपरमा रहेको मनकामना इटा उद्योगका संचालकले कर्मचारीलाई कुटपिट गरेका हुन् । मनकामना इटा उद्योगले रु २ लाख १९ हजार भन्दा बढी रकम भुक्तान गर्न बाँकी रहेकोले लाइन काटिएको थोयो । उक्त इट्टा उद्योगले लाइन हुकिङ्ग गरी चोरेर विद्युत प्रयोग गर्दै आएको आवस्थामा विद्युत कर्मचारी पुगेपछि कुटपिट भएको हो । इटा मालिक सुशील कुमार शुक्ला, आनन्द कुमार शुक्ला र उनका भाई, भतिजहरुले कर्मचारीहरुलाई कुटपिट गरेको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत कर्मचारीहरु कोशलराज चौधरी, भुपेन्द्र चौधरी, उमेश कुमार शाह, सरोज थारु र मथुरा प्रसाद चौधरीलाई कुटपिट गरिएको विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले जानकारी दिए ।

इटा उद्योग सञ्चालकको कुटपिटबाट सरोज थारु र मथुरा प्रसाद चौधरीको कान र मुखबाट रगत आएको थियो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, नेपाल विद्युत प्राधिकरण प्रादेशिक वितरण कार्यालय बुटवल र वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र लेख्दै कुटपिट गर्नेलाई कारबाहीको माग गरेको कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले जानकारी दिए । कुटपिट गर्नेमध्ये दुई जनालाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका ८ पटपरका सुशील कुमार शुक्ला र आनन्द कुमार शुक्ला रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?