Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

चौधरीलाई इन्चार्ज दिएपछि सुनसरीका अधिकांश नेताहरुको असन्तुष्टि, एकमुष्ट राजीनामा आउनसक्ने

spot_img
spot_img
spot_img

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीमा तीब्र असन्तुष्टि देखिँदै आएको छ । पार्टीको केन्द्रीय कमिटि ६, १०, र १२ वैशाखमा बसेको बैठकले सुनसरी जिल्ला इन्चार्ज जगदीश प्रसाद कुसियतलाई तोकेको थियो र बैठकमा महासचिवले अनुमोदन समेत गरिसकेका थिए।

तर, अहिले पार्टीको अन्तर पार्टी निर्देशिका (अपानी) मा भगवती चौधरीको नाम पनि थपिँदा सुनसरीका अधिकांश नेताहरु पार्टीले विधि, विधान, पद्दति मिचेको भन्दै रुष्ट बनेका छन्। सुनसरी जिल्ला पार्टी सह–इन्चार्ज तयब हुसेन, अध्यक्ष रेवती रवण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव, संगठन विभाग प्रमुख योग्यराज खड्कालगायतले चौधरीबाट सुनसरी नचल्ने भन्दै केन्द्रमा अनुरोध गर्ने यदि निर्णय नसच्चिए एकमुष्ट राजीनामा दिने एक नेताले बताए।

यता सुनसरी जिल्ला पार्टीका १८ जना राष्ट्रिय प्रतिनिधि सदस्यहरुले पनि सोही धारणा राखेका छन्। सदस्यहरु खेमराज पोखरेल, ओम कोइराला, लक्ष्मी गौतम, मोतिराज सुनुवार, विजय राइ, सर्वाधोज सावा, मुरारी सुवेदी, लस्करी अन्सारी, सरोज पोखरेल, युवराज गौतम, चन्द्र न्यौपानेलगायतले कुसियत जस्तो कुशल नेतृत्वकर्तालाई पार्टीले घात गरेर चौधरी जस्तो अराजकता, क्षमताहिन मान्छेलाई इन्चार्ज कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै संयुक्तरुपमा राजीनामा दिने भन्दै एक सदस्यले आक्रोश पोखे।

कुसियत एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् भने चौधरी वैकल्पिक केन्द्रीय सदस्य हुन्। कुसियत २०६५ सालमा सुनसरी पार्टी जिल्ला सचिव हुँदा उनले चौधरिलाई संगठित सदस्य प्रदान गरेका थिए। यो नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ६ महिनाको अवधिमा ओली पक्ष नेताहरु एक जुट हुँदा चौधरी तटस्थ बसेको र २ महिनाअघि मात्र उनी ओली पक्षमा खुलेको नेताहरु बताउँछन्।

संकटकाल अवस्थामा पार्टीलाई साथ नदिएको र उता कुसियतको एकल नेतृत्वमा अहिले सुनसरीको हकमा यतिको संगठन विस्तार नहुने नेताहरु बताउँछन्। सुनसरीको भूगोल नबुझी केन्द्रको एकल निर्णयले मात्र चौधरी इन्चार्ज बनेको र यसरी संगठन बदनाम हुने सुनसरी नेताहरुको आरोप छ। एमालेको दसौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक ६, १० र १२ गते बैठक बसेको थियो। उक्त बैठकमा भएको कार्यविभाजन प्रमुख एजेन्डा थियो।

सुनसरी जिल्ला पार्टी इन्चार्जमा कुसियतको नाम आएपछि चौधरी रुँदै बाहिरिएकी थिइन्। उनको यस्तो हर्कत देखेपछि उपस्थित सबै केन्द्रीय सदस्यले कारबाहीको माग गरेका थिए। तर, उनलाई पार्टीले पुरस्कृत गरेपछि सुनसरी नेताहरुले एमालेमाथिनै गम्भीर प्रश्न चिन्ह खडा गरेका छन्।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?