Sunday, September 8, 2024

ट्रेन्डिङ :

पोलार्डले विष्फोटक ब्याटिङ, चेन्नाई ४ विकेटले पराजित

काठमाडौं । आईपीएलमा मुम्बईले काएरन पोलार्डले विष्फोटक ब्याटिङको मदतमा चेन्नाईलाई ४ विकेटले पराजीत गरेको छ । पोलार्डले ३४ बलमा अविजित ८७ रन बनाएपछि चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले आफ्नो उच्च स्कोर चेस गर्ने क्रममा चेन्नाईले दिएको २१९ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आईपीएलमा कुनै पनि टिमले चेस गरेको यो दोस्रो ठूलो लक्ष्य हो । गत सिजन राजस्थान रोयल्सले पञ्जाब किंग्सले दिएको २२३ रनको लक्ष्य चेस गरेको थियो । जितका लागि मुम्बईलाई अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा पोलार्डले चेन्नाईका लुंगी एनगिदीलाई एक छक्का र दुई चौका सहित १६ रन नै बनाए । उनले दुई बल डट खेले पनि अन्तिम बलमा दुई रन लिँदै खेल जिताए ।

पोलार्डले ३४ बल खेल्दै ६ चौका र ८ छक्का मद्दतमा अविजित ८७ रन बनाए । मुम्बईका लागि क्विन्टन डे ककले ३८, कप्तान रोहित शर्माले ३५ र क्रुनल पाण्ड्याले ३२ रन योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ७ बल खेल्दै २ छक्का मद्दतमा १६ रन जोडे । चेन्नाईका साम करनले सर्वाधिक ३ विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अद्यीले समान १ विकेट लिए । त्यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले फाप डु प्लेसिस, मोइन अली र अम्बाटे राएडुको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो ।राएडुले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २७ बल खेल्दै ४ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै मोइन अलीले ३६ बलमा ५८ र डु प्लेसिसले २८ बलमा ५० रन बनाए । मुम्बईका काएरन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान १ विकेट लिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?