Friday, September 20, 2024

ट्रेन्डिङ :

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

बुटवल- लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेख प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

‘लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेस गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट प्राप्त सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल वैशाख १९ गते आइतबार दिउसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको’ प्रदेश प्रमुख कार्यालयले सूचना निकालेर जनाएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो । तर, राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गरिएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?