Friday, September 20, 2024

ट्रेन्डिङ :

एक चौथाई कर्मचारीबाट मात्रै काम गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै सचेत भएर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिम उच्च रहेकोले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपलव्ध सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै ‘वर्क फ्रम होम’ र ‘रिमोट एक्सेस’ को प्रयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन भनेको छ ।

त्यस्तै निषेधाज्ञा रहेका स्थानका कार्यालयका हकमा २० प्रतिशतभन्दा कम कर्मचारी उपस्थित भई कार्यसम्पादन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । आफ्नो व्यवसायीका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई नहुने कामका लागि मात्रै कर्मचारी खटाउन भनिएको छ ।

बिभिन्न निकायबाट जारी हुने निषेधाज्ञाको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा सेवा सञ्चालन गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?