Thursday, January 2, 2025

ट्रेन्डिङ :

भारतमा एकै दिन झण्डै ४ हजारको मृत्यु, ४ लाख १२ हजार सङ्क्रमित

spot_img
spot_img
spot_img

कोरोना भाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै ४ हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय ८० जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या २ लाख ३० हजार १ सय ६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल ४ लाख १२ हजार २ सय ६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड १० लाख ७७ हजार ४ सय १० जना सङ्क्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २९ हजार १ सय १३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या १ करोड ७२ लाख ८० हजार ८ सय ४४ पुगेको छ । भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३ सय ९८ जना कोरोना भाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २ सय ९ कोभिडको नमुना परीक्षण गरिएको छ । तीमध्ये १९ लाख २३ हजार १ सय ३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३ सय ३९ मात्राको कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोना भाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?