Sunday, September 8, 2024

ट्रेन्डिङ :

पूर्वमन्त्री मोतीप्रसाद पहाडीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज- कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको भेरी अस्पतालमा उपचारकम क्रममा बिहीबार बिहान १ : ४० बजे निधन भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित उनलाई कोरोना संक्रमित भएपछि होमआइसोलेसनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । उनको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?