Sunday, September 8, 2024

ट्रेन्डिङ :

मध्य भोटेकोशीको आईपीओ स्थगित गर्न धितोपत्र बोर्डको निर्देशन, बिक्री प्रवन्धकलाई आयोजनाको पत्र

मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

भोटेकोशी हाइड्रोपावरले कोरोना जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यकबाहेकका सेवा बन्द गर्न जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्ड अटेर गर्दै आईपीओ भर्ने कामलाई निरन्तरता दिइएको थियो ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटललाई आयोजनाले बिक्री बन्द गर्नका लागि पत्र पठाइसकेको छ । मध्य भोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत गोपाल सिवाकोटीले आईपीओको काम हालका लागि स्थगित गरिएको बताए ।

‘ हामीले स्थगित गर्ने निर्णय गरेका छौं ’ उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?