Sunday, September 8, 2024

ट्रेन्डिङ :

न मानवता, न नैतिकता: निषेधाज्ञामा पोखरा जान ३५ सय, बुटवल जान ६ हजार भाडा !

काठमाडौं= निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिएर उपत्यकाबाहिर पठाउन संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा माइक्रो काउन्टरका कर्मचारी पोखरा महानगरपालिका-३३ का बन्दराज पराजुली र रतुवामाई ९-मोरङका नवीन पौडेल तथा बुटवल भैरहवा काउन्टरका कर्मचारी धादिङ थाक्रे-७ का रञ्जित सिलवाल रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पोखरा जाने यात्रुसँग प्रतिव्यक्ति ३५०० र बुटवल जाने यात्रुबाट ६००० का दरले भाडा लिएकाले पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुलाई ग १ ख ९६२१ नम्बको माइक्रोबसबाट पोखरा र बा ४ ख ५१९७ नम्बरको बसबाट बुटवल लैजान भन्दै बढी भाडा असुलेको पाइएको ट्राफिक प्रहरी महाशाखाको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?