Sunday, September 8, 2024

ट्रेन्डिङ :

बाँकेमा पछिल्लो ७ घण्टामा मात्रै ८ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । पछिल्लो ७ घण्टामा मात्रै बाँकेमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । ओलीका अनुसर बारबर्दिया ६ बर्दियाका ४७ वर्षीय पुरुष र टिकापुर-२ कैलालीका ४८ वर्षीया महिलाको बिहीबार राति ११ बजे, नेपालगञ्ज उपमहानगरपालिका-६ का ३४ वर्षीय पुरुषको साढे १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज उमनपा-१८का ५६ वर्षीया महिलाको पनि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी गराउनुभयो । उनको शुक्रबार राति २ बजे मृत्यु भएको थियो ।

यस्तै नेपालगञ्ज उमनपा-३ का ५२ वर्षीय पुरुषको शुक्रबार विहान ३ बजे, नेपालगञ्ज उमनपा-१२ का ६० वर्षीया महिलाको विहान साढे ३ बजे मृत्यु, नेपालगञ्ज उमनपा १० का ५४ वर्षीया महिलाको विहान ६ बजे मृत्यु भएको छ । नेपालगञ्ज उमनपा-६ का ५४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको ओलीले जानकारी दिनुभयो । हालसम्म बाँकेमा मृतकको संख्या १६९ पुगेको छ भने बाँके जिल्लामा उपचारका क्रममा आएका वाहिरी जिल्लाका १३० जनाको उपचारका क्रममा मृत्यु भएको ओलीले जानकारी गराउनुभयो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?