Sunday, September 8, 2024

ट्रेन्डिङ :

रुसी स्पुतनिक भी कोरोनाको खोप आयातको लोमश फर्मालाई अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले बताए । रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । स्पुतनिक भी खोप भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ । नेपालमा यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?