Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रहरीलाई कुट्ने २ जना पक्राउ

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–९ बाट मास्क नलगाई हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ छन् । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोइ रु’ भनेर प्रश्न गर्दा उनीहरुले हातपात गरेका थिए । शनिवार हवल्दारलाई हातपात गरेर अपशब्द बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । एउटा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजना फरार भएका छन् । उनीहरुले प्रहरी हवल्दारलाई कुटपिट गरेर कपडा च्यातिदिएका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?