Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रधानमन्त्री ओलीको धम्की, विश्वासको मत नदिए संसद विघटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगर्ने हो भने आफुलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । विश्वासको प्रस्तावको विषयमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटन नगर्नका लागि भएपनि आफूलाई विश्वासको मत दिनु पर्ने धारणा राखेका हुन् । उनले पाँच वर्षका लागि सरकार टिकाउनका लागि विश्वासको मत दिनुपर्ने बताए । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संविधानअुनसार नै संसद विघटन हुने ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले झुठो बोल्ने अहिले अवस्था नरहेको बताउँदै भने, हामीले स्थिरता र सहयात्रा चाहेको हो भने त्यही अनुसार गरौं । विश्वासको मत दिनुस् होइन भने संविधान अनुसारको बाटो खोज्नुपर्छ । ओलीले विकल्प प्रस्तुत गर्नका लागि विश्वासको मत ल्याएको भन्दै नत्र संविधानअनुसार गर्ने धम्की समेत दिए । ओलीले सबैभन्दा ठूलो दल भएको हैसियतले सबै पक्षलाई मिलाएर आफू अगाडि बढ्न खोजेको भन्दै आफूले हक राख्ने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?