Sunday, September 8, 2024

ट्रेन्डिङ :

कालीमाटी तरकारी तथा फलफूल बजार बन्द

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको बढदो संक्रमणलाई ध्यान दिँदै जोखिम कम गर्न खुद्रा तथा कृषक बजार बन्द गर्ने कालीमाटी फलफल तथा तरकारी बजार बिकास समितिले निर्णय गरेको हो । समितिले सुचना निकालेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी बजारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको लकडाउन अवधिभरका लागि बजार बन्द गर्ने निर्णय गरिएको जानकारी गराएको छ ।

कृषक बजार २८ गते देखि लागू हुने गरि बन्द गरिने, खुदा बजार ३० गते देखि लागू हुने गरि बन्द गरिने र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोवार जेठ १ गते देखिबन्द गरिने समितिले जनाएको छ । थोक बजारमा प्याकेजिंग गरेर मात्रै विक्री वितरण गर्ने गराउने तयारी भइरहेका समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताए । एक वटा थोक पसलमा अधिकतम २ जना मात्र वसी सामाजिक दुरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्ने निर्णय समेत भएको उनले बताए ।

साथै बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज गरिने भएको छ । कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड होल्डिंग यार्डमा वसी कारोबार गर्न सक्नेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?