Sunday, September 8, 2024

ट्रेन्डिङ :

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३१ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३१ जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ र अछाम जिल्लामा गरी पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा धेरै कञ्चनपुरमा १६ जना, कैलालीमा १० जना, बझाङका २ जना, अछाम, बैतडी र डडेल्धुराका १ १ जनाको मृत्यु भएको निर्देशनालयले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्रदेशभर ८ सय १८ जना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७ सय २३ जनाको परीक्षण गर्दा झण्डै आधामा संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५ हजार ७ सय पुगेको छ । उनीहरु मध्ये दुई सय ८१ जनाको मृत्यु भइसकेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?