नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली फेरि प्रतिनिधि सभा विघटन गर्न लागिपरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीको नाम नलिईकन सांसद भुसालले गत पुसमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गरिँदासम्म दोस्रोपटक असफल भएको शक्तिले आफूहरूसँग बदला लिन फेरि प्रतिनिधि सभा विघटन गराउन खोजिरहेको दाबी गरेका हुन्।
उनले हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको दोष ढाकछोप गर्नेले आज झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर एमालेलाई विभाजन गर्न खोजिरहेको आरोप पनि लगाएका छन्।
तर आफूहरू आफ्नो अडानमा टसमस नहुने संकेत उनले गरेका छन्।