Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

भक्तपुरका सबै अस्पतालहरुमा अक्सिजनको अभाव, नयाँ बिरामी भर्ना नलिने

spot_img
spot_img
spot_img

भक्तपुर । भक्तपुर जिल्लाका सवै अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि जिल्लाको धेरै जसो अस्पतालहरुले कोभिडको नयाँ बिरामी भर्ना नलिने सुचना जारी गरेका छन् । देशकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा अक्सिजनको अभावका कारण विरामीहरुलाई रिफर गर्दै गरेको आरएनए १६ का संयोजक अरुण सैजुले जानकारी दिए । अहिले भक्तपुर अस्पतालमा ५० भन्दा बढी विरामी अक्सिजन चाहिने विरामी भएकाले केही विरामी अक्सिजन नभएकाले अन्यत्र गइसकेको संयोजक सैंजुले बताए । त्यस्तै अहिले अस्पतालमा खटिएका ५ चिकित्सक र ४ जना स्टाफ नर्स कोरोना संक्रमित भइसकेका पनि जाकारी दिए ।

त्यस्तै मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालमा अहिले ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिए । भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले सिसिएमसीसीले मन्त्रालयमा अक्सिजनको लागि सबै अस्पतालको लिस्ट पठाई सकेको जानकारी दिदै जसमा भक्तपुर अस्पतालको नाम छुटेकोले यस्तो अवस्था आएको बताए ।

 

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?