Sunday, September 8, 2024

ट्रेन्डिङ :

ग्रीन सिटी अस्पतालमाले पनि निकाल्यो सूचना : नयाँ बिरामी भर्ना नलिने

काठमाडौं । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ ।

अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै अस्पतालले नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानन्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको हो ।

हाल आईसीयूमा १० र हाई केयर युनिटमा ३० जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहेपनि व्यवस्थापनमा निकै कठिनाइ भइरहेको अस्पतालको भनाइ छ ।

अहिलेको विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा आएको समस्याले गर्दा अक्सिजन मौज्दात केही घण्टाभन्दा बढीका लागि नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुने सक्ने अस्पतालले बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?