Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

ओलीलाई नेपाल समूहको अल्टिमेटम, चार बजेसम्म मागहरू पूरा नगरे राजीनामा

spot_img
spot_img

काठमाडौं : एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ। खनाल नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए। वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाउनुभएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्छ। त्यसका लागि हामीले ४ बजेसम्मको समय दिएका छ उनले भने, हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो।

हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हो। यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो। एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।

यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसेको संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?