Friday, October 18, 2024

ट्रेन्डिङ :

बादल बिरुद्ध उठेका नेपाल समूहका खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने

काठमाडौं : बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् । आफूलाई राजनीतिक दलहरुले विश्वास गरेकाले कुनै हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन् । देवकोटा कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको नेपाल पक्षका साझा उम्मेदवार हुन् । एमाले विभाजन उन्मुख हुन लागेको अवस्थामा एमालेले दुईजना राष्ट्रिय सभा सदस्य उम्मेदवार उठाएको थियो । एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री राम बहादुर थापा रहेका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीको विवाद समाधान गर्ने सहमति भएपछि देवकोटाको उम्मेदवारी के होला भन्ने प्रश्न उठेको थियो । शुक्रबार सामाजिक सञ्जाल फेबुकमा लेख्दै देवकोटाले आफ्नो उम्मेदवारीबारे पुर्नविचार गर्नु कल्पना बाहिरको कुरा भएको उल्लेख गरेका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?