Friday, January 3, 2025

ट्रेन्डिङ :

त्यो पर्दैन भनेर प्रधानमन्त्रीले लिएको सपथ बदर गराउन सर्वोच्चमा रिट दायर

spot_img
spot_img
spot_img

काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ बदर गराउन भन्दै सर्वोच्चमा दुई वटा रिट परेको छ । प्रधानमन्त्री ओलीले लिएको सपथ असंवैधानिक भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट दर्ता गराएका हुन् । अधिवक्ता भण्डारीले रित नपुगेकोले सपथ बदर गराउनु पर्ने कारण रिटमा उल्लेख गगरेका छन् । उता अधिवक्ता ज्ञवालीको भने रिट दर्ता भइसकेको छैन । शुक्रबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्कार गरेका थिए । त्यसक्रममा ओलीले त्यो पर्दैन भनेर राष्ट्रपतिलाई जवाफ दिएपछि राष्ट्रपति हाँसेकी थिईन् ।

राष्ट्रपति भण्डारीले सपथका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भन्दा प्रधानमन्त्रीले ‘प्रतिज्ञा गर्छु कि’ भन्ने शब्दलाई त्यो पर्दैन भन्नु भनेका थिए । प्रधानमन्त्रीको सपथलाई दिएर सामाजिक संजालमा व्यापक आलोचनासमेत भएको थियो । उता कानूनविदहरूले संविधानमा जे छ त्यही शब्दमा सपथ लिनुपर्ने बताउँछन् । राष्ट्रपतिले हाँसेर र प्रधानमन्त्रीले पूरा वाक्यांश उच्चारण नगरेर संविधानको धज्जी उडाएको कानुनबिदहरु बताउछन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?