Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

भारतमा निरन्तर घट्दाे क्रममा नयाँ संक्रमित, संक्रमणमुक्त हुनेकाे संख्या बढ्दै

spot_img
spot_img
spot_img

भारतमा पछिल्ला केही दिन यता दैनिक कोरोना संक्रमित भेटिनेको संख्या निरन्तर घटेको छ। केही दिनअघि सम्म एकै दिन चार लाखको हाराहारीमा संक्रमित भेटिने गरे पनि केही दिन यता यो संख्या ओरालो लागेको छ। यस्तै निको भएर अस्पतालबाट घर फर्किनेको संख्या पनि उच्च हुँदै गएको छ।

भारतमा पछिल्लाे चौबिस घण्टामा २ लाख ८१ हजार ३८६ जना नयाँ संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३ लाख ७८ हजार ७४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १५ लाख ७३ हजार ५१५ नमूना परीक्षण गरिएको थियो । विगत केही हप्तादेखि लगातार तीन लाख भन्दा धेरै संक्रमित थपिने गरेका थिए दैनिक रुपमा।

अघिल्लाे दिन भारतमा ३ लाख ११ हजार भन्दा धेरै संक्रमित थपिएका थिए भने ४०७७ जनाकाे मृत्यु भएकाे थियाे। ३ लाख ६२ हजार संक्रमित निकाे भएर अस्पतालबाड डिस्चार्ज भएका थिए। अघिल्लाे दिनकाे तुलनामा पछिल्लाे चाैबिस घण्टामा नयाँ संक्रमितकाे संख्या ह्वात्तै घटेकाे छ भने मृत्यु हुनेकाे संख्यामा पनि केही कमि आएकाे छ।

चाैबिस घण्टामा थप ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ३९० पुगेको छ। कुल संक्रमितको संख्या २ करोड ४९ लाख ६५ हजार ४६३ पुगेको छ। अहिलेसम्म २ करोड ११ लाख ७४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्।

अहिले भारतमा ३५ लाख १६ हजार ९९७ सक्रिय संक्रमित छन्। भारतमा १८ करोड २९ लाख भन्दा धेरै मानिसलाई कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकिएको छ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?