Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

बादललाई मतदान गर्न एमालेको ह्विप

spot_img
spot_img

काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न ह्विप जारी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाउँदै बादललाई मत दिन निर्देशित गरेका हुन् ।

एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले सम्बन्धित सबैलाई आइतबार पत्र पठाइएको जानकारी दिए । पत्रमा बादल एमाले उम्मेदवार रहेको र उनको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

“बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. राम बहादुर थापा मगर भएको जानकारी गराइन्छ,” महासचिव पोखरेलको हस्ताक्षर गरी पठाइएको पत्रमा भनिएको छ, “पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ९ बजे देखि ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।”

बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको एकल बहुमत छ । पार्टीको ह्विप अनुसार मतदान भएमा बादलले जित्ने लगभग निश्चित भएको छ।

बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपचुनाव यही जेठ ६ हुँदै छ। उपचुनावमा विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले डा. खिमलाल देवकोटालाई अघि सारेका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्ण बहादुर तामाङ उम्मेदवार छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?