Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

spot_img
spot_img
spot_img

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल लगायतका नेताहरु छलफलमा जुटेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र–बाबुराम पक्षको गठबन्धन बनेको थियो । ओलीले विश्वासको मत लिन सकेका थिएनन् । तर दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पनि जुटाउन नसकेपछि हाल संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री छन् ।

तर, प्रधानमन्त्री ओली पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक हुने भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।

नयाँ सरकारको विकल्प दिने समय घर्किंदै जाँदा नेताहरुको व्यस्तता बढेको छ । कांग्रेसले विहानै पदाधिकारी बैठक बसाएर सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीसँग निकट रहेको जसपाको महन्थ–राजेन्द्र पक्षले पनि आफ्ना सांसदहरुसँग छलफल गरेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?